BIJAYPATH from 13 Magh

यही माघ १३ गतेबाट एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने तयारीमा
बलिउडमा 'अग्निपथ' रिलिज भएकै दिन नेपालमा पनि 'विजयपथ' ले प्रदर्शन थाल्ने भएको छ । हृतिक रोशन अभिनित 'अग्निपथ' ले नेपालमा पनि एकसाथ रिलिज गर्दा पछिल्लो समय मुम्बईमा संघर्षरत नायक निखिल उप्रेतीको 'विजयपथ' ले पनि भारतका लगभग ४० स्टेसनसहित नेपालभरबाट प्रदर्शन थाल्ने बताएको छ । फिल्मका निर्माता तथा निर्देशक वसन्त निरौलाले सकभर एकसाथ नभए पनि केही दिनको फरकमा सिक्किम, दार्जिलिङ र भुटानका सीमावर्ती सहरमा पनि 'विजयपथ' लगाउनका लागि सेन्सर पास गरिसकिएको दाबी गरे । उनले फिल्म एक्सन प्रधान भएको बताउँदै राम्रो  व्यापार गर्नेमा आशावादी बन्दै भने, 'हुन त हाम्रो फिल्मले त्यसै समय एकसाथ प्रदर्शनमा आउने अन्य नेपाली फिल्मसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ ।'

पत्रकारिताको विषयवस्तुमा बनेको फिल्मको नाम पनि एक प्रतिष्ठित पत्रिकाकै नामबाट राखिएको बताइएको छ । फिल्ममा निखिलसहित सुशील क्षेत्री, सञ्चिता लुइँटेल, पवित्रा आचार्य, दीपक त्रिपाठी, मिथिला शर्मा, गणेश उप्रेती, सरोज केसीको अभिनय रहेको छ । वसन्त सापकोटा र सन्तोष प्रगाढको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, कमल राई र गोविन्द राईको नृत्य निर्देशन र शिव ढकालको छायांकन रहेको छ । गीतहरू अन्जु पन्त, राजेशपायल राई, माण्डवी त्रिपाठी, सन्तोष राई र शरु पराजुलीले गाएका छन् ।



दुइ जोडी को बिबाह गराऊने चलचित्र
चलचित्र ‘विजयपथ’को छायांकन हुँदाको क्षणमा नायक निखील उप्रेती र संचिताको विवाह भैसकेको थिएन । तर, यो सिनेमाको छायांकन पछि यी दुईले विवाह गराएका थिए । यतिमात्र होईन, सिनेमाको छायांकन पश्चात सिनेमाका निर्देशक वसन्त निरौला र नायिका पवित्रा आचार्यबीच पनि विवाह भएको थियो । यो सिनेमाको छायांकनको क्रममा यी दुई जोडीको मायाप्रेम मौलाएको थियो । यसरी हेर्दा सस्पेन्स र थि्रलर भनिएको सिनेमाले वास्तविक जीवनमा भने दुई जोडीलाई वास्तविक जीवनमा विवाह बन्धनमा बाँध्न मद्दत गरेको देखिन्छ ।



More Daily Reports

One More tension to Movie "Chapali Height"

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More

HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever

मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More

Valentine propose to Nepali singers

गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी -  तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. -  मम... Read More