copied poster from BASIC!NSTINCT

केहि समय अगाडी नेपाली चलचित्र "चपली हाईट" को प्रमोसन को लागि शुट गरिएको नायिका बिनिता बराल को फोटोको बिषयले मिडियामा निकै ठुलो हल्ला खल्ला भएको थियो। सो चलचित्रकी नायिका बिनिता बरालको न्यूड फोटो सार्वजनिक भन्ने खबर मिडिया मा आएपछि बिनिताले प्रतिकार गर्दै प्रेसमिट गरेपछि त झन चलचित्र को बारेमा ठूलै हल्ला चल्यो । हिजो सोमबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रममा युनिटले चलचित्रका प्रोमो र पोस्टरलाई एक्सक्लुसिभ रूपमा सार्वजनिक पनि गर्यो । धेरैले चलचित्रको पोस्टर हेरेपछि युनिटको तारिफ पनि गरे । जसरी बिनिताको फोटो न्यूड भन्ने हल्ला चल्यो त्यसलाई युनिटले ट्रिक लगाएर पोस्टर बनाएकोमा युनिट आफै दंगिएको थियो । तर अफसोच सोही एक्सक्लुसिभ पोस्टर एक्सक्लुसिभ कपि पोस्टरको रूपमा देखा परेको छ ।
नेपाली चलचित्रको बारेमा बहस गर्ने फेसबुक सञ्जाल न्यू नेपाली सिनेमा नामको ग्रुपमा केहि समय अगाडी उक्त पोस्टर सार्वजनिक भएपछि युनिटको क्रियशनमा प्रश्न चिन्ह उठेको छ । चपली हाईटको एक्सक्लुसिभ कपि पोस्टर सार्वजनिक भएपछि सो ग्रुपमा पनि युनिटको क्रियशन माथि शंका गर्दै कमेण्टहरु को बर्षा भएको छ । कसैले हलिउड=कलिउड लेखेका छन् भने कसैले चलचित्रको कथा पनि चोरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सो चलचित्रको पोस्टर हलिउड चलचित्र BASIC!NSTINCT को पार्ट १ र पार्ट २ बाट हुबहु कपि गरिएको छ । अब बाँकी के-के कुरा हुबहु कपि छ चलचित्र हेरेपछि नै थाहा होला।

More Daily Reports
One More tension to Movie "Chapali Height"
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More
HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever
मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More
Valentine propose to Nepali singers
गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी - तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. - मम... Read More







