Demand of nepali film "MISS U" in Global Market

miss u, nepali film, nepali hit film, namrata shrestha, dilip rayemajhi, glamour nepal, nepali models
नेपालमा फागुन ५ (फेब्रुअरी १७ तारिख) का दिन रिलिज हुन लागेको  चलचित्र "मिस यू"  को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको निर्देशक सुरेश दर्पण पोखरेलले बताए । कतारको दोहा स्थित दोहा सिनेमा हलमा फेब्रुअरी १० तारिखका दिन पहिलो स्क्रिनिङ गर्न लागिएको सो चलचित्र अष्ट्रेलियामा फेब्रुअरी १४ तारिखका दिन स्क्रिनिङ गरिने पोखरेलले जानकारी गराए । यस्तै डेनमार्कमा पनि फेब्रुअरी महिनामा नै रिलिज गर्न लागिएको बताउँदै पोखरेलले युरोपका करिब एक दर्जन देशमा चलचित्र रिलिज हुने बताए । अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको उनको भनाई थियो । 

चलचित्रको पोस्टर देखि प्रोमो र गीत सार्वजनिक भएपछि डिमाण्ड बढेको चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल बताउँछन् । उनी भन्छन्, 'जब हामीले चलचित्रका पब्लिसिटी म्याट्रियल रिलिज गर्दै गयौं त्यसपछि डिमान्ड पनि बढ्दै गएको हो ।' यसरी डिमाण्ड बढ्दै गएपछि चलचित्रका निर्माता समेत रहेका नायक दिलिप रायमाझी निकै दंगिएका छन् ।

बिदेशमा चलचित्र रिलिज हुने थाहा पाए पछि दर्शकहरू निकै एक्साईटेड भएको 'मिस यू' चलचित्रका युरोप निर्माता तथा बितरक देबु श्रेष्ठ बताउँछन् । यता कतारमा पहिलो पटक 'मिस यू' रिलिज हुन लागेको थाहा पाएपछि कतारका नेपाली दर्शकहरूले सामाजिक सञ्जालमा 'मिस यू' को प्रतिक्षामा रहेको र हेर्न निकै आतुर रहेको उल्लेख गरेका छन् । अहिले  'मिस यू' को बारेमा फेसबुकका वालहरू भरिन शुरू गरेका छन् भने चलचित्रका गीतहरू यु ट्यूबमा हजारौंको संख्यामा डाउनलोड भईसकेका छन् ।

नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणाको मुख्य अभिनय रहेको चलचित्र 'मिस यू' मा किचमान चित्रकार र बाबु बोगटीको संगीत रहेको छ । मलेशियमा छायाँकन गरिएको सो चलचित्रलाई धिरज जंग शाह र राजुबिक्रम थापाले खिचेका हुन् । चलचित्रका लेखक सुरज सुब्बा 'नाल्बो' हुन् ।






More Daily Reports

One More tension to Movie "Chapali Height"

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More

HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever

मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More

Valentine propose to Nepali singers

गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी -  तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. -  मम... Read More