Heroine attracts Heroine

priyanka karki, devu shrestha, 3lovers, nepali movie, valentine couple, happy valentine day

नेपाली चलचित्रको पर्दामा देखिने नायिकालाई बिशेष गरी गाउँले परिवेशमा नायिका अर्थात हिरोईनलाई हिरोनी भन्ने गरिन्छ। यहि "हिरोनी" नामको नेपाली चलचित्र निर्माण गरिने भएको छ। जुन चलचित्रलाई नेपाली चलचित्र कि नब नायिकाले निर्माण गर्नेछिन् । अमेरिकामा केहि बर्ष चलचित्र सम्बन्धी अध्ययन गरेर "मेरो बेस्ट फ्रेण्ड" चलचित्रबाट नायिकाको रूपमा डेब्यू गरेकी प्रियंका कार्कीले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा "हिरोनी" नामको चलचित्र निर्माण गर्ने भएकी हुन्। नेपाली चलचित्र क्षेत्रका नायिकाहरूको यथार्थ घटनालाई उनले पर्दामा प्रस्तुत गर्ने जमर्को गर्न लागेकी हुन् । उक्त चलचित्रमा "नेपाली नायिकाहरूले भोग्नु परेका दुख सुख अनि संघर्षका कथाहरू पर्दामा जस्ताको तस्तै उतार्ने कोसीस गर्नेछु"- चलचित्रको कथा आफै लेखेको बताउने प्रियंकाले छोटो जानकारी दिइन ।

भर्खरै मात्र "थ्री लभर्स" चलचित्रको सुटिङ सकाएकी प्रियंकाले सोही चलचित्रमा सहायक निर्देशकको रूपमा रहेका मुस्कान ढकाललाई आफ्नै चलचित्रबाट डेब्यू गराउँदै छिन् । मुख्य भुमिकामा आफू नै रहने बताउँदै प्रियंकाले पटकथा र संवादको जिम्मा निर्देशक शिब रेग्मीलाई दिने योजना बनाएको बताईन् । चलचित्रमा नायकको भुमिका कस्ले गर्छ भन्ने बारे अझै निधो नभएको उनको भनाई छ । थोरै लागतमा निर्माण गर्ने सो चलचित्रको छायाँकन भने केहि समय ढिला नै हुने प्रियंका बताउँछिन् ।

More Daily Reports

One More tension to Movie "Chapali Height"

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More

HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever

मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More

Valentine propose to Nepali singers

गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी -  तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. -  मम... Read More