HIGHWAY to Berlin Film Festival

विश्वमा चर्चित महोत्सव बर्लिन फिल्म महोत्सवमा दीपक रौनियारले निर्देशन गरेको नेपाली चलचित्र "हाईवे" छनौट भएको छ। आउँदो फेब्रुअरी ९ देखि १९ सम्म जर्मनीको बर्लिनमा हुने बर्लिन फिल्म महोत्सवमा दीपक रौनियारले निर्देशन गरेको नेपाली चलचित्र "हाईवे" छनौट भएका ११ वटा विभिन्न देशका फिचर फिल्महरुमा छनौट भएको हो।  विश्वमा चर्चित महोत्सव मध्येको एक मनिने बर्लिन महोत्सवमा आफ्नो चलचित्र छनोट भएपछि निर्देशक रौनियार निकै खुसी भएका छन् ।

चलचित्र हाईवेमा नेपालीहरूले राजमार्गको यात्रा गर्दा भोग्नु परेका समस्याहरूको कथालाई यथार्थ ढंगले प्रस्तुत गरिएको छ । कर्म, सौगात मल्ल, ऋचा शर्मा, विनय श्रेष्ठ, दयाहाङ राई, राजन खतिवडा लगायतले अभिनय गरेको सो चलचित्रको पोष्टप्रोडक्सन अमेरिकामा गरिएको हो । पोष्टप्रोडक्सनका लागि युनिटले ३३ हजार ६ सय ४७ अमेरिकी डलर संकलन गरेको थियो । चलचित्रलाई समिरमणि दीक्षितले निर्माण गरेका हुन् ।

महोत्सवमा छनोट भएका विश्वका बिभिन्न मुलुकका ११ फिचर चलचित्रमा आफ्नो पनि चलचित्र परेपछि निकै खुसी हुँदै रौनियारले आफ्नो फेसबुकमा लेखेका छन्, " धेरै खुशी हुँदा पनि मन भक्कानिंदो रहेछ । मैले अघिल्लो हप्ता थाह पाएँ जतिवेला मैले पहिलो पटक "हाईवे" को लागि बर्लिनको निम्तो पाएको थिएँ ।" दिपकले चलचित्रलाई सोही महोत्सवमा वर्ल्ड प्रिमियर गर्ने बताईएको छ । बिगत ३२ बर्ष देखि चल्दै आएको सो महोत्सवमा नेपाली चलचित्र छनोट भएको यो पहिलो पटक हो ।



More Daily Reports

One More tension to Movie "Chapali Height"

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More

HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever

मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More

Valentine propose to Nepali singers

गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी -  तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. -  मम... Read More