Nepali Film, English Title

नेपाली फिल्म बिदेशी नाम,
नेपाली चलचित्र छेत्रमा बिदेशी चलचित्रको नाम नक्कल गर्ने, चलचित्रका प्रमोशनका लागि बनाइने पोस्टर हुबहु नक्कल गरेर बनाऊने, डाइलग, कथा, क्यामेरा एंगल तथा चलचित्रका लागि आवश्यक थुप्रै प्राबिधिक कुराहरु नक्कल गरेर बनाउने गरेको पाइन्छ। केहि समय अघि सम्म छिमेकी राष्ट्र भारतमा बनेका भारतीय चलचित्रहरुको नाम नक्कल गरेर नेपाली चलचित्रहरु बनाउने क्रम जारी थियो भने अब सो क्रम रोकिएला कि जस्तो भएको छ, किनकि अब नेपाली चलचित्र कर्मीहरु अंग्रेजी नाम तिर निक्कै आकर्षित भएका छन् । पछिल्लो समयमा निर्माण भई प्रदर्शनको पालो पर्खेर वसेका नेपाली चलचित्र देखि नयाँ वनिरहेका चलचित्रको नाम अंग्रेजीवाट राखिएको छ ।
नेपाली चलचित्रहरु Miss U, I am Sorry, Mission Paisa reloaded, Facebook, The Game, Visa Girl, Challenge, Snow Flowers, 3 Lovers, Iku Back again, Kathmandu Night, Mero Love story, Mero Best Friend, Plan लगाएत का नामहरु अंग्रेजी मा राखिएका छन् ।

आफुलाई फरक धारको चलचित्र वनाएको वताउन चाहने निर्माताहरुले वनाएका अधिकांश नेपाली चलचित्रका नाम अंग्रेजीमा छन् । हुनत, अंग्रेजीमा नाम राखिएमा चलचित्रमा केही फरक र दर्शकको नजरमा समेत पर्न जाने र आधुनिक युवा पुस्ताले रुचाउछन् भन्ने सोंच निर्माता निर्देशकले राखेको पनि हुनसक्छ । तर, नेपाली चलचित्रमा आफ्नोपन दिन नसकेपनि कमसेकम चलचित्रको नाममा भने अर्काको भाषालाई र नामलाई प्राथमिकता नदिई आफ्नै नेपाली भाषामा चलचित्र को नाम राखे उचित हुन्थ्यो कि?
More Daily Reports
One More tension to Movie "Chapali Height"
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More
HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever
मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More
Valentine propose to Nepali singers
गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी - तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. - मम... Read More







