Rekha Thapa: I'm not a pro. singer

नेपाली चलचित्र क्षेत्रकि चर्चित नायिका रेखा थापा जहिले पनि कुनै न कुनै बिषयलाई लिएर चर्चामा आई रहन्छिन। कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगै कम्मर मर्काएर नाचेर त कहिले पति छवी ओझासँग डिभोर्स हुने हल्ला फैलाएर चर्चामा आइ रहन्छिन् । रेखा थापाको मेडिया मा चर्चा फेरि हुन थालेको छ । चर्चित हुने त्यो उनको अर्को उपाय हो गायिका बन्ने । उनले चर्चित मोडेल तथा नृत्य निर्देशक शंकर विसीको शब्द संगीतमा गीत रेकर्ड गराएकी छिन् । “खै कस्तो पर्ने हो मेरो दुल्हाराजा” शिर्षको गीत गाउन कमलादीको मालश्री स्टुडियोमा पुगेकी रेखाले आफू व्यवसायिक गायिका नभए पनि गीत गाउनु आफ्नो सानैदेखिको रहर भएको बताईन् ।
व्यबसायिक गायिकाले जस्तै गरेर झण्डै डेढ घण्टा लगाएर “खै कस्तो पर्ने हो मेरो दुल्हाराजा” बोलका गीत रेकर्ड गराएकी उनले बिसीको एल्बम "समिक्षा" को लागि ४ वटा गीत गाउने छिन् । ६ वटा गीत रहने उक्त एल्बममा रेखा र शंकर का २ / २ वटा एकल र २ वटा युगल रहने छन् । नायिकाको रुपमा विविध बिषयमा सधै चर्चामा आइरहने रेखाको गायकीले कस्तो चर्चा वटुल्ने हो त्यो त समयले नै बताउला ।
मालश्री स्टुडियोमा चलचित्रको प्रचार प्रसारमा सहयोग पुगोस र चर्चा पनि होस भन्ने उद्देश्यले गीत गाउनु भएको हो भन्ने प्रश्न गर्दा रेखाले भनिन् “म फिल्मको चर्चाका लागि गायिका बनेको होइन, गीत गाउनु त मेरो सानैदेखिको रहर हो ।” गायक शंकरले पनि चर्चा होला, एल्बम धेरै विक्ला भनेर रेखालाई आफ्नो एल्बममा गीत गाउन दिएको होइन भने। उनले भने “फिल्मको सुटिङ्गका बेला रेखा दिदीसँग कुराकानी भएको थियो, उहाँले हुन्छ, गीत गाउने रहर छ भने पछि अहिले रेकर्ड गरेको हो ।” रेखाले गीत गाउने पहिला नै तय भएको भन्दै शंकरले थपे “उहाँलाई मिल्ने शब्द भएकाले यो एल्बममा उहाँले गाउनु भएको हो ।”
More Daily Reports
One More tension to Movie "Chapali Height"
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र " चपली हाइट" प्रायः चर्चा र विवादहरुमा आइरहेको छ । कहिले नायिका विवाद त कहिले पोष्टर प्रकरण। चैत ३ गते रिलिज गर्ने पक्का भएको यो फिल्मलाई आज बिहिबार काठमाडौंको ट्रा... Read More
HAMRO ARTIST MAGAZINE Released in Valentine's Fever
मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पह... Read More
Valentine propose to Nepali singers
गायिकाहरुलाई प्रेम प्रस्ताब Valentine's Day को दिन मा... इन्दीरा जोशी - तिन वटा एस.एम.एस बाट प्रपोज आयो, के गर्ने सवैलाई एस भन्न पनि नमिल्ने,आरम गरेर घरपरिवारसँगै टि.भि हेरेर वसें। आस्था बि. - मम... Read More







