केकी अधिकारी: आफूलाई बुझ्ने पति पाइयोस्

केकी अधिकारी, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चल्तीकी नायिका हुन्। अध्ययनशील नायिकाको रुपमा समेत चिनिने केकीले थुप्रै म्युजिक भिडियोहरु साथै आधा दर्जन सिनेमामा अभिनय गरिसकेकी छिन् । ‘आइएम सरी’ चलचित्रले उनलाई थप चर्चा दिलाएको हो । आधुनिक यी युवती धर्मकर्ममा समेत उत्तिकै विश्वास राख्छिन् । विगत चार वर्षदेखि निरन्तर साउने ब्रत लिइरहेकी केकीले यो वर्षसमेत ब्रत छुटाइनन् । यसै प्रसंगमा केकीसँगको कफी गफ:
साउने ब्रत किन लिनुभएको ?
शुरुमा त रहरैरहरमा लिएँ । घरमा आमा, भाउजु, फुपु सबैले लिंदा मैले पनि लिएँ । विशेष कारण थिएन । तर अहिले चाहिं यसको महत्व बुझेर लिएकी हुँ ।
के महत्व रहेछ ?
हिन्दु संस्कारमा साउने ब्रतको ठूलो महत्व छ । अविवाहितले राम्रो श्रीमान् पाउन र
विवाहितले श्रीमानको दीर्घायुको कामना गरिन्छ । शारीरिक फिटनेसको लागि समेत ब्रत लिनु राम्रो हो । यो ब्रतले मलाई स्लिम बनाउँछ जस्तो लाग्छ ।
तपाइँले चाहिं भावी श्रीमानको बारेमा के प्रार्थना गर्नुभयो ?
अन्य सबै नारीले झैं मैले पनि राम्रो पति होस् भन्ने कामना गर्दै आएँ । यो स्वभाविक हो । सबैले आफूलाई बुझ्ने पति पाइयोस् भन्ने सोच्छन् ।
त्यस्तो त अरुबेला पनि सोचिहालिन्छ नि ?
अरुबेला सोचेको र अहिले सोचेकोमा फरक हुन्छ । ब्रत लिएर कामना गर्दा पुग्छ भन्ने विश्वास छ ।
ब्रत लिंदैमा राम्रो पति पाइन्छ भन्ने विश्वास लाग्छ ?
ब्रत लिएपछि विश्वास लाग्दैन कसरी भन्ने ? तर मैले परम्परा, चलिआएको मूल्य, मान्यतालाई फलो गरेकी हुँ । ब्रत लिंदैमा असल पति पाइन्छ भन्ने छैन । तर यसमा केही गल्ती पनि त छैन ।
अलि विरोधाभास भयो नि ?
ब्रत लिंदैमा वा धर्मकर्ममा आस्था राख्दैमा के गल्ती भयो र ? प्रार्थना गरेका सबै कुरा पाइन्छन् पाइँदैन आफ्नो ठाउँमा छ । त्यसो भन्दैमा आफ्नो संस्कृति भुल्न पनि त भएन ।
यति राम्री हुनुहुन्छ । असल, इमान्दार मान्छेको नजरमा परिहाल्नुहुन्छ नि । किन ब्रत लिएर ढर्रा पारिराख्नुपर्यो र ?
म भगवानलाई एकदमै मान्छु । आजकाल त ब्रत पनि सबै नियम पुर्याएर लिन्छु । असल पति पाइएला नपाइएला आफ्नो ठाउँमा छ । तर ब्रतले उर्जा दिन्छ । मोनोटोनस ढंगले चलिरहेको जीवनलाई रमाइलो बनाउँछ ।
तर महिला अधिकारवादीहरु ब्रत लिने प्रचलनलाई पुरुषहरुले महिलामाथि लादेको अत्याचार भन्छन् ?
यो उनीहरुको दृष्टिकोण हो । म चाहिं जे कुराको पनि सकारात्मक पक्षमात्रै लिन्छु । ब्रत आफ्नो खुशीले लिएको हो भने त्यसले त राम्रै गर्छ नि । कसैले जोडजबरजस्ती त गर्दैन, ब्रत लिनु भनेर ।
साभार: फिल्म नेपाल डट कम
Read More Articles about Interviews
प्रेम बुझेकै छैन - सुजता कोइराला, नवनायिका
चलचित्र मञ्जरीमा नायिकाको भूमिका निभाउने नवनायिका हुन्, सुजता कोइराला। धादिङ पुर्ख्यौली घर भई बीरगन्जमा जन्मिएकी कोइरालाले पहिलो फिल्मबाट नै चर्चा कमाएकी छिन्। उनै सुजतासँगको जम्काभेट: तपाईंको नामथर त का... Read More
सेक्स भिडियो हेरे पछि दुई गिलास पानी पिउँछु, सबै ठण्डा हुन्छ - महिमा सिलवाल, नायिका
सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ? - त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मला... Read More
पैसाको लागि रूप बेच्ने र रूपको लागि पैसा खर्च गर्ने खेल धेरै हुन्छ - धीरेन्द्रराज थापा, अभिनेता
पछिल्लो समय नेपाली सिनेमामा गैर आवासीय नेपाली (एनआरएन) हरूको प्रवेश ह्वात्तै बढेको छ। कोही हिरो, कोही हिरोइन त कोही निर्माता र निर्देशकको रूपमा एनआरएनहरूले आफ्नो उपस्थिति देखाइरहेका छन्। धीरेन्द्रराज थापा पन... Read More
बेडसिन दिन पनि पछि हट्दिन : सविना कार्की, नायिका
करिव दुई वर्षअघि निर्देशक सोभित बस्नेतको फिल्म 'दुलही रानी' मार्फत नायिकको रुपमा डेब्यू गर्ने कलाकार हुन् सविना कार्की। उनले अभिनय गरेको विवादास्पद फिल्म 'एटिएम' प्रदर्शन नै हुन सकेन। 'एटिएम' मा सविनाले अन्य... Read More
विनिता भन्दा निशा प्यारी - अमिर गौतम, नायक
चलचित्र ‘मिसन पैसा’ बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक अमिर गौतम को पछिल्लो चलचित्र ‘चपली हाइट’ले धेरै दर्शकको मन जितेको थियो । त्यस्तै, उनी अभिनीत अर्को चलचित्र ‘दिलमा सजाए तिमीलाई’ले उपत्यकामा राम्रो व्य... Read More







