Coffee Guff with Binita Baral

थुप्रै नेपाली गीतका भिडियोहरुमा अभिनय गरेर ख्याती कमाएकी बिनिता बराल यतिबेला "चपली गर्ल"को रुपमा परिचित छन् । चैत ३ गते रिलिज हुने सिनेमा 'चपली हाईट'बाट उनले थप उचाई लिएकी छन् । यतिबेला उनि सोही सिनेमाको प्रचार-प्रसारमा व्यस्त छन् । प्राय: एक्लै हुँदा कबिता रच्ने बिनिताले कफी गफमा आफ्नो कबिता सुनाईन् ।
'महंगाईले बगाएको'
" महंगाईले सबै बगायो, बाँकी रह्यो त आँशु
जिन्दगीमा आँशु मात्र सस्तो भयो
हाँसो किन्न नसकिने भयो, खूशी किन्न नसकिने भयो
सस्तो भयो त आँशु केवल, जिन्दगीमा आँशु मात्र सस्तो भयो
समय सँग चल्न सकिन, समयलाई बदल्न पनि सकिन
बिचमा अड्किनुको ब्यथा कसरी संझाउँ, जिन्दगीमा आँशु मात्र सस्तो भयो "
कस्तो अवस्थामा कविता लेख्नुहुन्छ ?
प्राय: एक्लै भएको अबस्थामा लेख्ने गरेकी छु । भावुक भएको बेला बढी रचना आउँछ ।
फुर्सदको समयको सदुपयोगको तरिका ?
नोबलहरु पढ्ने, सिनेमा हेर्ने, घरमा समय दिने अनि म खाना पनि मिठो पकाउँछु ।
कलाकारिता र कविता बाहेकका रुचि के-के हुन् ?
पढ्ने, लेख्ने, घुमघाम, ईत्यादि ।
कस्तो अबस्थामा आफूलाई दुखि या खुशी ठान्नुहुन्छ ?
खासै त्यस्तो अबस्था भन्दा पनि कहिलेकाँही यत्तिकै कुनै कुरा सम्झँदा हुने कुरा हो खुशि या दुखी भनेको । बिहानै उठ्दा कहिलेकाँही आँफै खूशी हुन्छु कहिलेकाँही उठ्दानै आफूलाई दुखी पाउँछु । कुनै काम बिग्रियो भने जो पनि दुखी भईहाल्छ अनि काम बन्यो भने स्वभावले नै खूशी भईन्छ ।
कस्तो बेलामा आफ्नो सबैभन्दा नजिकको मान्छेको याद आउँछ ?
मान्छे स्वभावैले स्वार्थी हुने रहेछ । अरु बेला भन्दा म जब एक्लो अनुभव गर्छु त्यतिबेला नजिकको साथी सम्झन्छु ।
परिवारको सवैभन्दा नजिकको व्यक्ति ? मम्मी ।
साथीभाईमा ? धेरै साथीहरु नजिक हुनुहुन्छ । जस्तो: तपाई, दिक्पाल भाई, शोवि लगाएतका साथीहरु ।
सिनेमामा काम गर्दा आफ्नो जिवन कस्तो ठान्नुहुन्छ ?
सिनेमा र वास्तबिक जिवन फरक कुरा हो । तर कहिलेकाँही सिनेमाको भावमा डुब्दा आफ्नै जिवन जस्तो पनि लाग्छ ।
राजनितीमा चासो छ ?
चासो त छ तर राजनिती गर्ने चासो भने होईन । देशको नागरिकले देशको राजनिति त बुझ्नै पर्छ ।
विबाहित साथीहरुको जिवन हेर्दा रहर लाग्दैन ?
अवश्य लाग्छ नि । मेरा लगभग सबै साथीहरुको बिबाह भईसक्यो । कोहीका छोरा-छोरी समेत छन् । उनिहरुको जोडी देख्दा कल्पनामा हराउँछु ।
भनेपछि अब बिबाह गर्ने हो ?
साथीहरुको देख्दा रहर लाग्ने मात्र हो । खासमा अहिले मेरो विचार बिबाहमा नभएर करिअरमा फोकस छ ।
कसैलाई श्रीमान बनाउन रोज्नुभाछ ? छैन, यो मेरो परिवारको जिम्मा हो ।
तपाईका फ्यानले सँगै कफी पिउन चाहनुभो भने ?
उहाँले मात्र चाहेर भन्दा पनि मैले पनि चाहेँ भने पक्कै सकिन्छ । फोनको भरमा भन्दा पनि पहिला चिनजान हुनुपर्यो अनि मात्र ।
फ्यानले बिहे प्रस्ताव गर्नुभो भने ?
यो त धेरै ठुलो कुरा भयो । कुरा बुझाउँछु । बिहे भनेको यत्तिकै हुने कुरा होईन । मानिस भएपछि कुरा पक्कै बुझ्नुहुन्छ ।
---जीवन पराजुली
More Interviews/Profiles
Etna Karki: when I was 17 years ...
ग्ल्यामर नेपाल डट कम संग पहिलो पटक सेक्स सम्वन्धी हट कुराकानी गरेपछि निकै चर्चामा रहेकी मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा रही रहन्छिन। आज भोलि विभिन्न मिडियामा उनको निकै चर्चा परिचर्... Read More
Nihita's untouched love with charles sobhraj
निहिता बिश्वास (चाल्र्स सोभराजकी पत्नी) विभिन्न हत्या अभियोगमा २०६० असोज ३ गतेदेखि नेपाली जेलमा रहेका बिख्यात अपराधीकारुपमा चर्चा गरिने चाल्र्स शोभराजसँगै जोडिने नाम हो निहिता बिश्वास । आफुभन्दा तीन ... Read More
Prabisha Adhikari: My BF should be more talented than me
Prabisha Adhikari सुमधुर स्वरकी धनि प्रविशा अधिकारी नेपाली सिनेमाकी पार्श्व गायिकाको रुपमा स्थापित छन् । दुई सय भन्दा बढि गीत गाईसकेकी प्रविशाले एक सय भन्दा बढि चलचित्रका गीतमा स्वर दिएकी छन् । चलचित... Read More







