Coffee Guff with Jivan Luitel


जिवन लुईँटेल यति बेलाका सर्वाधिक व्यस्त नायक हुन् । उनका सिनेमाहरु रिलिजको क्रममा छन् भने उनि शुटिंगमा पनि उत्तिकै व्यस्त देखिन्छन। उनि यतिबेला प्रदिप श्रेष्ठले निर्देशन गरिरहेको चलचित्र "मेरो मनको साथि"मा व्यस्त छन् । लुईँटेल सिनेमाका नायक मात्र नभएर साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । हामीसँगको कफि गफमा उनले एउटा कविता सुनाउन भ्याईहाले ।
मेरो कविताको शिर्षक हो "नायक"

नायक,
कथाका पानाहरु पल्टाउँदै पटकथामा आफु हराउँछ
आफ्नो चरित्रमा स्थायित्व खोज्न प्रतिबिम्ब चियाउँछ आफ्नै ऐनामा
संवादहरु फ्याँकेको अभिनय गर्दै वास्तवमै नाटक गर्छ
कहिले हाँस्दै कहिले रुँदै कहिले लुट्दै कहिले लखेट्दै पर्दाहरुमा देखिन्छ ।।।



नायकको जिन्दगी यस्तै हो त ?
- जिन्दगी यस्तै हो भनेर मैले भन्न सक्दिन समयले निर्धारण गर्ने कुरा हो । कहिले पिडा हुन्छ कहिले उमंग । कहिले यात्र हाँसो खुशीको कहिले दुख वेदनाको भरिया भनेजस्तै । कलाकारको काम जिन्दगी जस्तै हुन्छ कहिले, कहिले काम जस्तै जिन्दगी । हामी यो पृथ्वीका निमित्त पात्रहरु मात्र हौँ । हाम्रो सञ्चालक माथी हुनुहुन्छ । जता डोर्याउनुहुन्छ हामी त्यतै लाग्ने मात्र हो । म पनि पेशाले साहित्यकार अथवा सञ्चारकर्मी बन्थे होला समयले नायक बनाएको छ ।

नेपाली नायिकाहरु प्रतिको तपाईँको धारणा के छ ?
- पुराना नायिकाहरु सबैजना सम्माननिय हुनुहुन्छ । जो नयाँ आईराख्नु भा'छ सबै आ-आफ्नो जोस जाँगर र एउटा उमंग बोकेर आउनुभा'छ । उहाँहरुमा नयाँ किसिमको भिजन छ । समग्रमा नेपाली सिनेमामा नायिकाहरुको र नायकहरुको समान दर्जा छ ।

कुन नायिकासँग सिनेमामा काम गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ?
- कृष्टी मैनाली फेरी आउनुभो भने ।

जाडोका दिनहरु कसरी बित्दैछन् ?
शुटिंगमा नै बितिरहेका छन् । शुटिंग नहुँदा सिनेमा हर्ने, पुस्तक पढ्ने साथै पारिवारिक जमघटमा सहभागी भईरहेछु ।

कस्तो पुस्तक पढ्न मन पराउनुहुन्छ ? - नोबलहरु ।

कुन कविका कविताले मन छुन्छन् ?
- तिर्थ श्रेष्ठ, लक्ष्मी प्रसाद देवकोटा, भुपि शेरचन, युवाकवि बुद्दिसागर लगाएतका कविहरुका ।

नेपाली गीत ? - नेपाली सिनेमाका प्राय: गीतहरु साथै आधुनिक लोक तथा पप पनि राम्रो लाग्छ ।

नेपाली सिनेमाको अबको भबिष्य के देख्नुहुन्छ ?
- बलिउड, हलिउड, कलिउड तथा कुनै पनि सिनेमा उद्योगमा सिनेमा राम्रो सँग चल्यो भन्ने सुन्नमा आएको छैन् । आशा छ भोलीका दिनमा नेपाली सिनेमा अबश्य माथी उठ्नेछ ।

फ्यानले भेट्न चाहे भने ? - मलाई माया गर्ने दर्शकको लागी भेट्न सक्छु । कफी पिउँदै गफ गरेर उहाँहरुको माया ममता ग्रहण गर्छु ।

तपाईँलाई जिन्दगीभर आफ्नो बनाउन चाहने फ्यानलाई के सुझाव छ ?
- त्यो संबन्धमा म यस अघि नै अरुसँगै बाँधिईसकेको छु ।
---जीवन पराजुली

More Interviews/Profiles

Etna Karki: when I was 17 years ...

ग्ल्यामर नेपाल डट कम संग पहिलो पटक  सेक्स सम्वन्धी हट कुराकानी गरेपछि निकै चर्चामा रहेकी  मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा रही रहन्छिन। आज भोलि विभिन्न मिडियामा उनको निकै चर्चा परिचर्... Read More

Nihita's untouched love with charles sobhraj

निहिता बिश्वास (चाल्र्स सोभराजकी पत्नी) विभिन्न हत्या अभियोगमा २०६० असोज ३ गतेदेखि नेपाली जेलमा रहेका बिख्यात अपराधीकारुपमा चर्चा गरिने चाल्र्स शोभराजसँगै जोडिने नाम हो निहिता बिश्वास । आफुभन्दा तीन ... Read More

Prabisha Adhikari: My BF should be more talented than me

Prabisha Adhikari सुमधुर स्वरकी धनि प्रविशा अधिकारी नेपाली सिनेमाकी पार्श्व गायिकाको रुपमा स्थापित छन् । दुई सय भन्दा बढि गीत गाईसकेकी प्रविशाले एक सय भन्दा बढि चलचित्रका गीतमा स्वर दिएकी छन् । चलचित... Read More