सुनिता दुलाल: मन पराउने हजार छन्, जुनी काट्ने भेटेको छैन।

सिन्धुपाल्चोक जलवीरेबाट काठमाण्डौं आउदा गायिका बनेर नाम कामाउछु भन्ने सोच राख्ने सुनितालाई यति धेरै चर्चित बन्छु होला भन्ने लागेको नै थिएन । जीवनको तेईस बसन्त पार गरेकी गायिका सुनिता दुलालले यसपालीको तीजमा पनि एल्बम ‘मेरो हजुर’ लिएर बजारमा आएकी छिन् । आर जे , भी जे हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी सुनिता दुलाल पछिल्लो समय निक्कै ब्यस्त रहने गायिका हुन् । तीजको गीत गायिकाको रुपमा चर्चित सुनितालाई जब जब तीज नजिकिन्छ तब तब भ्याई नभ्याई हुन्छ । टिभीमा पनि लोकगीत संगीतका कार्यक्रम चलाउने उनका दर्जनौ एल्बमहरु बजारमा आइ सकेका छन् । लोक, आधुनिक गित गाउँदै उनले नेपाली सिनेमा 'प्रितीको फुल'  'सुरक्षा गार्ड' लगायतका चलचित्रमा पनि गीत गाइसकेकी छिन् ।  आफ्ना एल्बमका गीत भडकिलो नभएको बताउने उनै गायिका सुनिता दुलालसँग अर्जुनकुमार संग्रौलाले गरेको कफी गफ:
 
आजकाल कत्तिको ब्यस्त हुनुहुन्छ ? 
तीजको बेलाको त कुरै नगरौ, दिनमै पाँच ठाँऊ सम्म कार्यक्रम परि रहको छ । समय मिलाउन पनि गाहृो भई रहेको छ । तीज फेस्टिभल भनेर धेरै ठाँऊहरुमा कार्यक्रमहरु भई रहेका छन् । ती ठाँउहरुमा माया गरेर बोलाउनु हुन्छ, सकेसम्म त कार्यक्रमहरु छोडदिन तर कतिपय ठाँउमा त समयले गर्दा पनि जान सकि रहेको छैन् । अरु बेला पनि देश विदेशका कार्यक्रमहरुमा ब्यास्त नै छु । धेरै मुलुकहरुमा कार्यक्रम गरिसके । ब्यस्त नै छु भन्नुपर्ला।
 
तपाई कस्तो किसिमको गायिका ? 
तीज गीतबाट मलाई सुनिता दुलाल भनेर सबैले चिन्नु भएको भएता पनि म तीजको गीत गाउने गायिका मात्र होईन् । म सबै किसिमका गीत गाउन सक्छु । मेरो दोहोरी गीत पनि उत्तिकै रुचाईदिनु भएको छ । मैले चलचित्रमा पनि गाएकी छु । म आफुलाई भर्सटायल गायिकाको रुपमा चिनाउन चाहान्छु ।
 
तपाई कार्यक्रम संचालिका बढी कि गायिका बढी ? 
रेडियो, टिभीमा कार्यक्रम चलाउनु मेरो पार्ट टाईम काम मात्र हो तर मेरो पेशा भनेको गायन नै हो । त्यसैले म गायिका अलि बढी हु संचालिका भन्दा ।
 
संगीतमा लागेर राम्रो जीवनयापन गर्न सकिन्छ त ? 
किन नसक्नु मज्जाले सकिन्छ । यदि आफुमा प्रतिभा छ र दर्शकस्रोताले रुचाईदिनु भयो भने संगीतमा पनि रामे्रा भविश्य छ । तर शुरुवातमा स्थापित हुन भने गाह्रो नै छ । दर्शक स्रोतालाई मन पर्ने गीत संगीत पश्किन सक्नु पर्यो। प्रतिस्पर्धा धेरै छ तर त्यो बीचबाट आउन सक्नेलाई भने एकदमै राम्रो छ ।
 
 
तपाई राम्री पनि हुनुहुन्छ, नायिका बन्ने सोच छ कि र ? 
नायिका बन्ने त मेरो सोच नै छैन । म गायिका नै ठीक छु । चलचित्रबाट अफर नआएको त होईन तर मलाई नै रुचि छैन् । बरु मलाई गायिकाको रुपमा नै दर्शकस्रोताले मन पराईदिई रहनुहोस् भन्ने लाग्छ ।
 
ब्वाईफ्रेन्ड छ कि छैन र ? 
म सिंगल हो, नो ब्वाईफ्रेन्ड ।
 
अहिलेसम्म पनि प्रपोज गर्ने आँट कसैले गरेन त र ? 
हा हा हा......त्यस्तो होइन । प्रपोज त कति आए कति तर स्वीकार्ने दिन आएको छैन । मलाई कक्षा आँठमै पढ्दा पहिलो पटक प्रपोज आको थियो, त्यो पनि एउटा सिंगै डायरी, सायरी र कविताले भरिएको । त्यसपछि त कति हो कति । अब हेर्नुस, मन पराउने त हजार हुन्छन नि तर जुनी काट्ने एउटै हुन्छ, होईन र रु त्यो जुनी काट्ने साथी चाही भेटेको छैन् ।
 
तपाईको ड्रिम ब्वाई कस्तो होस भन्ने चाहानुहुन्छ  त ? 
मेरो ड्रिम ब्वाई मेरो पेशालाई सम्मान गर्ने खालको हुनुपर्छ । छोरीमान्छेलाई इज्जत दिने खालको केटा हुनु पर्यो  र अर्को कुरा भनेको एकदमै सपोर्टिभ हुनु पर्यो। मलाई बाहिरी रुपरंग भन्दा आत्मा सफा भएको केटाले आकर्सित गर्छ । अहिलेका धेरै सांगितिक जोडीहरुको सम्बन्धमा चिसोपन आएको म आफै पनि पाउछु, त्यसैले विवाह पछिको सम्बन्ध बाचुन्जेल राम्रो होस भन्ने मेरो चाहना हो । बरु मेरो विवाह ढिला होस तर राम्रो होस, म त्यही चाहन्छु ।
 
तपाईको लागि विवाहवारी पच्चीस बर्ष पारी कि तीस बर्ष पारी ? 
हा हा हा....(लामो हाँसो)........अहिले सम्म मैले कसैलाई पनि म तपाईसँग विहे गर्छु, मलाई वेट गर्नुस भनेर भनेकी छैन तर पनि अपेक्षा गरौ तीस बर्ष पारी हुदैन होला । मलाई लाग्छ मेरो विवाहको कुरा गर्दा पच्चीस बर्ष पारी नै होला जस्तो छ हा हा हा ।

 

Read More Articles about Interviews

प्रेम बुझेकै छैन - सुजता कोइराला, नवनायिका

चलचित्र मञ्जरीमा नायिकाको भूमिका निभाउने नवनायिका हुन्, सुजता कोइराला। धादिङ पुर्ख्यौली घर भई बीरगन्जमा जन्मिएकी कोइरालाले पहिलो फिल्मबाट नै चर्चा कमाएकी छिन्। उनै सुजतासँगको जम्काभेट: तपाईंको नामथर त का... Read More

सेक्स भिडियो हेरे पछि दुई गिलास पानी पिउँछु, सबै ठण्डा हुन्छ - महिमा सिलवाल, नायिका

सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ? - त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मला... Read More

पैसाको लागि रूप बेच्ने र रूपको लागि पैसा खर्च गर्ने खेल धेरै हुन्छ - धीरेन्द्रराज थापा, अभिनेता

पछिल्लो समय नेपाली सिनेमामा गैर आवासीय नेपाली (एनआरएन) हरूको प्रवेश ह्वात्तै बढेको छ। कोही हिरो, कोही हिरोइन त कोही निर्माता र निर्देशकको रूपमा एनआरएनहरूले आफ्नो उपस्थिति देखाइरहेका छन्। धीरेन्द्रराज थापा पन... Read More

बेडसिन दिन पनि पछि हट्दिन : सविना कार्की, नायिका

करिव दुई वर्षअघि निर्देशक सोभित बस्नेतको फिल्म 'दुलही रानी' मार्फत नायिकको रुपमा डेब्यू गर्ने कलाकार हुन् सविना कार्की। उनले अभिनय गरेको विवादास्पद फिल्म 'एटिएम' प्रदर्शन नै हुन सकेन। 'एटिएम' मा सविनाले अन्य... Read More

विनिता भन्दा निशा प्यारी - अमिर गौतम, नायक

चलचित्र ‘मिसन पैसा’ बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक अमिर गौतम को पछिल्लो चलचित्र ‘चपली हाइट’ले धेरै दर्शकको मन जितेको थियो । त्यस्तै, उनी अभिनीत अर्को चलचित्र ‘दिलमा सजाए तिमीलाई’ले उपत्यकामा राम्रो व्य... Read More